रोनाल्डोले गरे सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी

काठमाडाैँ । पोर्चुगलका विश्वचर्चित स्टार क्रिश्टियानो रोनाल्डो विश्व फुटबलमा सर्वाधिक अन्तराष्ट्रिय गोल गर्नै खेलाडीको किर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले १७८ खेलमा राष्ट्रिय टिमका लागि १०९ गोल गर्दै इरानी फुटबलर अली दाईको रेकर्ड बराबरी गरेका हुन् ।

युरो २०२० अन्तर्गत बुधबार रातिभएको खेलमा रोनाल्डोले फ्रान्स विरुद्ध पेनाल्टीमा २ गोल गर्दै कीर्तिमान बनाएका हुन् । उनले फ्रान्स विरुद्ध गोल गर्न नसकेको इतिहासपनि अन्त गरे । अली दाईले सन १९९३ देखी २००६ सम्म इरानका लागि सर्वाधिक १०९ गोल गरेका थिए । अन्तराष्ट्रिय फुटबलमा ९० गोल भन्दा बढी गर्नै खेलाडीमा रोनाल्डो र अली दाई रहेका छन् ।

रोनाल्डो मुख्य प्रतियोगिता (विश्वकप र युरोकप) मा सर्वाधिक गोल गर्नै खेलाडी समेत बने । उनले जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्ड तोडे । क्लोजले १९ गोल गरेका थिए । रोनाल्डोले २० गोल गर्न सफल रहे । रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा गरेको गोल संख्या १३ पुगेको छ । यसै प्रतियोगितामा उनी युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्नै खेलाडी समेत बनेका थिए ।

रोनाल्डोले युरोपियन च्याम्पियनसिपको छनोट र विश्वकपको छनोछ चरणमा समान ३१-३१, अन्तर्राष्ट्रिय गोल गर्दा मैत्रीपूर्ण खेलहरुमा १९, युरोपियन च्याम्पियनसिपमा १३, विश्वकपमा ७, युइएफए नेशन्स लिगमा पाँच तथा कन्फेडेरेशन कपमा दुई गोल गरेका छन् ।

रोनाल्डोले राष्ट्रिय टिमका लागि गरेका गोल मध्ये झण्डै आधार खेलको अन्तिम ३० मिनेटमा संभव बनाएका छन् । उनले खेलको अन्तिम १५ मिनेटमा ३१ तथा ६१ देखि ७५ मिनेटको बिचमा २२ गोल गरेका छन् । उनले खेलको १६ देखि ३० मिनेटको बिचमा १७ र ३१ देखि ४५ मिनेटको बिचमा १६ गोल गरेका छन् ।

यस्तै खेल सुरु भएको १५ मिनेट भित्र ११ र दोस्रो हाफको पहिलो १५ मिनेट भित्र १२ गोल गरेका छन् । उनी मैदानमा जुनसुकै समयमा गोल गर्नै खेलाडीका रुपमा परीचित रहेका छन् । साथै रोनाल्डोले ८९ गोल डिबक्स भित्रबाट गर्दा २० गोल बाहिरबाट गरेका छन् । पेनाल्टी मार्फत १४ र फ्रि किक मार्फत ९ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *