फ्रान्सलाई रोक्दै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । युरोकप अन्तर्गत साविक विजेता पोर्चुगलले समूह एफ को अन्तिम खेलमा फ्रान्सलाई बराबरीमा रोकेको छ ।

खेलको ३० औं मिनेटमा पेनाल्टी पाएको अवसर सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै ४२ औं मिनेटमा फ्रान्सका लागि पेनाल्टीमै करिम बेञ्जेमाले गोल गर्दा पहिलो हाफ ११ को बराबरीमा रोकियो ।

दोस्रो हाफमा फ्रान्सले अग्रता बनायो । फ्रान्सका लागि ४७ औं मिनेटमा फेरि बेन्जेमाले नै पउल पोग्बाको पासमा गोल गरे । अर्कोतर्फ ६० औं मिनेटमा रोनाल्डोले फेरि अर्को पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे। र, खेल २२ को बराबरीमा रोकियो ।

यस बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *