जर्मनी नकआउट चरणमा

काठमाडाैँ । जर्मनी समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

जर्मनीका काइ हाभेर्ट र लिओन गोरेत्जकाले एक/एक गोल गरेका थिए भने हंगेरीका लागि एडम स्जलाई र आन्द्रेज स्काफेरले एक/एक गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *