स्विडेन र स्पेन अघिल्लो चरणमा

स्लोभाकियामाथि ५-० को प्रभावशाली जित निकालेपछि स्पेन समुह ई को उपविजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। अर्को खेलमा स्विडेनले पोल्यान्डमाथि ३-२ को सनसनिपुर्ण जित निकाल्यो। २ गोलको अग्रता तोड्दै पोल्यान्डले बराबरी गरेपनि अन्तिम समयमा पुन गोल गर्दै स्विडेन महत्वपुर्ण तीन अंक लिन सफल रह्यो। स्विडेनको जितमा फोसवर्गले २ गोल गर्दा कलासेनले अतिरिक्त समयमा निर्णायक गोल गरे। पोल्यान्डका लागि लेवान्डोस्कीले २ गोल गरेपनि टीमको हार टार्न सकेनन्।

प्रतियोगिताकै आक्रमक खेलमा पिहलो हाफमा पाएको पेनल्टीको मौका चुकाएपनि लुइस एनरिकको स्पेनले त्यसको मुल्य चुकाउनु परेन्। डुबराभकाको आत्माघाति गोलमार्फत ३० औ मिनेटमा अग्रता बनाएको स्पेनले लापोर्टेको पहिलो ह्फको अतिरिक्त समयको गोलमार्फत अग्रता दोब्बर बनायो।

दोस्रो हाफमा थप तीन गोल थप्ने क्रममा स्पेनका सराबियाले ५६ तथा टोरेसले ६७ मिनेटमा गोल गरे। पुन ७१ औ मिनेटमा कोकाले आत्माघाति गोल गर्दा स्पेनले स्लोभाकियाको पोस्टमा ५ गोल गर्यो जुन जारी सिजन कुनैपनि टीमले विपक्षीको पोस्टमा प्रहार गरेको सर्वाधिक गोल हो।

खेलपछि स्पेनको ३ खेलबाट १ जित र २ बराबरीपछि ५ अंक भएको छ। स्विडेनको २ जित सहित १ बराबरीका कारण ७ अंक सहित समुह विजेता बन्न सफल भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *