भारतलाई हराउँदै न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसिप विजेता

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जितेको छ । फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन भएको हो ।

भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर भेट्टायो । उसको जीतमा रोस टेलरले ४७ र केन विलियम्सनले ५२ रन बनाए । डेभन कन्वे १९ र टम लाथम ९ रनमा आउट भएपनि अनुभवी ब्याट्स्म्यान द्वय टेलर र विलियम्समनले न्युजिल्यान्डलाई सम्हालेका थिए ।

भारतका रबिचन्द्रन आश्विनले दुई विकेट लिए ।

इग्ल्यान्डको साउथह्याम्प्टनमा भएको खेलमा कीवि टीमले जितका लागि ५३ ओभरमा १३९ रन बनाउनुपर्ने थियो ।

वर्षाले प्रभावित भएपछि खेल बुधबार रिजर्व डेको दिन खेलाइएको हो । यो पटक आईसीसीले निर्धारित ५ दिनमा वर्षाका कारण नतिजा नआए रिजर्व डे मा पनि खेल खेलाउन सक्ने जनाएको थियो ।

रिजर्व डे को दिन भारतले १०६ रन बनाउँदा अन्तिम ८ विकेट गुमाएको थियो । वर्षाका कारण करीब साढे दुई दिनको खेल रद्ध भएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरको भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले २४९ रन बनाउँदै ३२ रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा भारतले १७० रन बनाएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको हो । दोस्रो इनिङमा भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४१ र रोहित शर्माले ३० रन बनाए। न्युजिल्यान्डका टिम साउथीले चार तथा ट्रेन्ट बाेल्टले तीन विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *