फेरि बढ्यो पेट्रोलियमको मूल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडाैं । नेपाल आयल निगमले पुनः पेट्रोलियमको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो ।

निगमले यसअघि जेठ २२ गते मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । बुधबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १२७, डिजेल र मट्टीतेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *