जीवन राईको नेकपा (एकीकृत) दर्ता, चुनाव चिह्न कलम

काठमाडौं । निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामको राजनीतिक दल दर्ता भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा नेता जीवन राईले दिएको दल दर्ताको निवेदनअनुसार दर्ता भएको हो ।

राईले आज आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता राईले दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए । आयोगको जेठ ३० गतेको बैठकको निर्णयअनुसार आज प्रमाणपत्र प्राप्त गरेको हो । राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ ।

उनको दल नेकपा (एकीकृत) मा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेका छन् । कार्यसमिति २५ सदस्यीय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *