महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिसकल सेवा’ सञ्चालनमा

काठमाडौं । कोभिड–१९ महामारीमा ग्राहकले घरमै बसी आधुनिक बैंकिङ्ग सेवा लिन सक्ने गरी महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी मिसकल सेवा’ सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस सेवामा ग्राहकले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धी कुनै पनि जानकारी आवश्यक परे मोवाइल नम्बर ९८४७३८७५२४ मा मिसकल सेवा गर्न सक्ने जनाएको छ । बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी कलब्याक जानकारी उपलब्ध गराउने छन् ।

यस सेवामा ग्राहकलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङकाे प्रयोग विधि तथा त्यसको उपयोगीता बारे पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भए सोकाे जानकारी लिई उचित समाधान गर्ने जनाएको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *