५१ अकंले घट्यो नेप्से, ८ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ५१.६५ अंकले घटेको छ । बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर २८६२.१८ बिन्दुमा समेटिएकाे छ ।

बुधबार सेन्सेटिभ परिसूचक भने ७.३७ अंकले घटेर ५२८.९७ बिन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये सबै उपसमूह घटेका छन् ।

यस दिन २ सय १८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रूपैयाँ बराबरको काराेबार भएको छ ।

त्यस्तै यस दिन राधी विद्युत कम्पनी लिमिटेड र ङाडी ग्रुप पावर लिमिटेडको सेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *