पदमुक्त भएका स्वास्थ्यमन्त्री तामाङ भन्छन्- केही दिनमै खोप आउँछ

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफू गएको १९ दिनमा आफूले खोप ल्याउने सबै प्रक्रिया भएको र केही दिनमै खोप आउने सुनिश्चित भएको जनाएका छन् ।

आफू १९ दिनसम्म मन्त्री पदमा वहाल रहँदा भएका उपलब्धिहरू बताउने क्रममा उनले आफूले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको भन्दै खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया पूरा भएको र केही दिनमै खोप आउने सुनिश्चित भएको र यदि त्यसो नभएमा त्यसको जिम्मेवार आफू हुने बताएका हुन् ।

खोप ल्याउनका लागि सम्पूर्ण प्रक्रिया पूरा भएको भन्दै तामाङले यदि पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथी नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नो हुने बताए । त्यस्तै राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई नभएको समेत उनले उल्लेख गरेका छन् ।

बुधबार फेसबुकमार्फत उनले सबै नेपाली  जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेसम्बन्धी छलफल र प्रारम्भिक शुरुवात भएको‚  सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रियाको आरम्भ भएको र
गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भइसकेपछि भएको मन्त्रिपरिषद् विस्तार अस्वीकृत गरिदिएपछि उनले आफू पदमा रहँदा मन्त्रालयमा भएका उपलब्धिका बारेमा जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *