पहिरोमा पुरिएर एकैघरका तीनको मृत्यु

काठमाडौं । रोल्पामा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा परि रोल्पा नगरपालिका-९ ह्वामा बस्ने ४० वर्षीय टिका सिङ बुढा मगरको घरमा गएराति पहिरो आउँदा उक्त पहिरोमा पुररिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशिला बुढा मगर र १५ वर्षीय श्यामकला बुढाको पहिरोमा पुरिएर मृत्यु भएको जनाएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *