श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं । श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका-६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनकै श्रीमान रवि खत्रीले गत जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रबिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *