क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौं । युरोकपको समूह डी अन्तर्गत क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्यान्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा प्रवेश गरेको हो ।

क्रोएसियाले निकोला भ्लासिचको गोलमा खेलको १७ औं मिनेटमै अग्रता बनाएको थियो । तर, ४२ औं मिनेटमा स्कटल्याण्डकका कलुम म्याकग्रेगरले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो । दोस्रो हाफमा क्रोएसियाका कप्तान लुका मोड्रिचले खेलमा फेरि अग्रता दिलाए । उनले खेलको ६२ औं मिनेटमा गोल गर्दा ७७ औं मिनेटमा इभार पेरिसिचले गोल थपे । र, क्रोएसियाले ३-१ गोलअन्तरले जित्यो ।

यो जितपछि क्रोएसिया एक जित, एक बराबरी र एक हारसहित ४ अंक बटुल्दै समूहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो । यस समूहबाट स्कटल्याण्ड ३ खेलमा एक बराबरी र २ हारसहित एक अंक बटुलेर चौथो हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *