चेकलाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

काठमाडौं । युरो कप अन्तर्गत गएराति सम्पन्न समूह डीको खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई पराजित गरेको छ ।

वेम्बली स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १० हराउँदा समूह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो । इङ्ग्ल्याण्डको जितमा रहीम स्ट्रलिङले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरे ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्दै समूह डी को विजेता बनेको छ । पराजित चेक ४ अंक जोड्दै भने तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । क्रोएसियाले स्कटल्यान्डलाई ३-१ ले हराएपछि चेक गोलअन्तरका आधारमा तेस्रो स्थानमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *