कांग्रेसद्वारा नगरसभा बहिष्कार

काभ्रे । नेपाली कांग्रेसले  पनौतीको नवौं नगरसभा बहिष्कार गरेको छ । कार्यपालिकाको अनुमोदनबिनै बजेट पेस गरेको, वडा समितिमार्फत सिफारिस योजना नसमेटेको, राजनीतिक रुपमा विभेद गरेको भन्दै कांग्रेस तर्फबाट निर्वाचित ६ जना  वडाध्यक्षसहित २३ जना नगरसभा सदस्यले दोस्रो दिनको बैठक बहिष्कार गरेका वडा नं ९ का अध्यक्ष सहकुल हुमागाईंले जानकारी दिए ।

कार्यपालिका बैठकमा छलफलको क्रममा १ अर्ब ५० करोड ८५ लाख ९१ हजारको बजेट अंक टिपाएर १ अर्ब ६५ करोड ६६ लाख ३५ हजारको बजेट प्रस्तुत गरी आफू अनुकूलका कार्यक्रम, योजनामा बजेट विनियोजन गरेको उनीहरुको आराेप छ ।

स्वेच्छाचारी ढंगले र कार्यकर्ता लक्षित गरी एमालेका तर्फबाट निर्वाचित नगरप्रमुख, उपप्रमुखले बजेट, नीति तथा कार्यक्रम तय गरेको कांग्रेसको आरोप छ ।
No description available.
No description available.
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *