ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ ।

असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ ।

साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ ।

बैंकले ग्राहकलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *