टाइगर र दिशाको निकटतामा स्रफ परिवारको साथ

एजेन्सी । अभिनेता टाइगर स्रफ र दिशा पटानी अक्सर आफ्नो सम्बन्धको समाचारका कारण चर्चामा रहिरहन्छन् । यद्यपि दुवैले यसको बारेमा कहिल्यै खुलेर कुरा गरेका छैनन् । एक अन्तर्वार्तामा अभिनेता तथा टाइगरका बाबु ज्याकीले टाइगरको प्रेम सम्बन्धको बारेमा कुरा गरेका छन् । उनले टाइगर २५ वर्षको उमेरमा डेटिङ गर्न थालेको बताए । तर उनले कुराकानीको क्रममा दिशाको नाम लिएनन् ।

टाइगरका लागि पहिलो प्राथमिकता काम
ज्याकी स्रफले भनेका छन्, ‘मेरो छोरोले २५ वर्षको उमेरमा डेटिङ गर्न थाल्यो र उनीहरू धेरै राम्रा साथी हुन् । मलाई थाहा छैन यी दुईले भविष्यका लागि के सोचिरहेछन् । तर म एक चीजको बारेमा निश्चित छु कि टाइगर आफ्नो काममा पूरा ध्यान दिन्छ । मेरा लागि उसको काम सबैभन्दा माथि छ‚ र कामको अघि उसकी आमा, बहिनी वा प्रेमिका कोही पनि छैन । कोही पनि उसको काम र उसको बिचमा आउन सक्दैन । उसको काममा पूर्ण ध्यान छ र त्यो राम्रो कुरा हो।’

टाइगरको बारेमा दिदी कृष्णा  चिन्तित
टाइगरकी दिदी कृष्णा भन्छिन्, ‘म मेरो भाइको विषयमा बढी नै प्रोटेकटिभ छु । तर ऊ वयस्क व्यक्ति हो र आफ्नो निर्णय लिन परिपक्व भइसकेको छ । मलाई लाग्छ उनीहरूलाई के सही र के गलत हो थाहा छ । ऊ धेरै बुद्धिमान छ र हामी पनि उसको खुसीमा खुसी छौँ ।  मैले मेरो भाइलाई मैले कुनै सल्लाह दिनुपर्छ भन्ने मलाई लाग्दैन ।’

दिशा कृष्णासँग समेत नजिक
कृष्णा, टाइगर र दिशा एक अर्काको धेरै करिब छन् । दिशा‚ टाइगर र कृष्णा एकसाथ दिशाको जन्मदिन मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा देखिएको थियो । दिशाले आफ्नो सेलिब्रेसनको केही फोटो र भिडिओहरू सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । यसबाहेक टाइगरकी आमा आयशाले पनि दिशालाई शुभकामना दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *