अक्षयसँग ‘स्क्रिन सेयर’ गर्दै अहान !

एजेन्सी । सुनिल शेट्टीको छोरा अहानको पहिलो चलचित्र ‘तडप’ अहिलेसम्म रिलिज भएको छैन । तर अर्को ठुलो चलचित्र उनको पोल्टोमा आएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनले ‘तडप’ निर्माता साजिद नाडियाडवालाको एक ठुलो प्रोजेक्टमा अक्षय कुमारसँग स्क्रिन सेयर गर्ने तयारी गर्दैछन् । यस चलचित्रको विषयमा धेरै जानकारी सार्वजनिक भएको छैन । तर यो चलचित्र एक्सन थ्रिलर हुने बताइएको छ ।

अक्षय कुमार र सुनिल शेट्टी एक अर्काका राम्रा साथी हुन् । दुवैले एकसाथ धेरै चलचित्र गरेका छन् । मार्चमा, अक्षयले अहानको पहिलो चलचित्र तडपको पोस्टर सार्वजनिक गर्दै लेखेका थिए, ‘तिम्रा लागि ठुलो दिन हो, अहान । म अझै पनि तिम्रो बुबा सुनिल शेट्टीको पहिलो चलचित्र ‘बलवान’ को पोस्टर सम्झन्छु र आज म तिम्रो पोस्टर सेयर गर्दैछु।’ मिलान लुथरियाद्वारा निर्देशित तडप सेप्टेम्बर २ बाट प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *