ट्र्याक्टर खस्दा सहचालकको मृत्यु

बागलुङ । बागलुङमा आज  बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । बाग्लुङ नगरपालिका–३ रात्माटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बाग्लुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा ज्यान गएको हो ।

आज बिहान ६ बजे ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ । ट्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरी अस्पताल ल्याएका थिए ।

उनको उपचारकै क्रममा ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *