युराे २०२० मा आज दुई खेल

काठमाडाैँ । युरो २०२० मा आज राती समूह ‘डी’ का दुई खेल हुँदैछन् । राति १२:४५ बजे सुरु हुने खेलमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड खेल्नेछन् ।

इंग्ल्यान्डले वेम्बली रंगशालामा चेक रिपब्लिकसँग खेल्नेछ । २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको इंग्ल्यान्ड आजको खेल जित्दै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ । खेल बराबरीमै सकिएपनि इंग्ल्यान्ड अन्तिम १६ मा पुग्नेछ । तर, पराजित भएको अवस्थामा भने अन्य टिमको नतिजा निर्णायक हुनेछ ।

चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ ।  २ खेलमा ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको चेकलाई बराबरीले पनिअर्को चरणमा पुर्याउने छ ।

यस्तै, २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको क्रोएसिया र २ खेलमा १ अंक नै जोडेर पुछारमा रहेको स्कटल्याण्ड पनि आआफ्ना खेल जित्दै नकआउट चरण प्रवेश गर्ने रणनीतिमा हुनेछन् । अर्को खेलमा कुनै टिमले जीत निकाले यो खेल जित्ने टिम पनि समुहको दोस्रो हुँदै अन्तितम १६ मा पुग्नेछ ।

चेक र इंग्ल्यान्डको खेल बराबरीमा सकिए र यो खेलमा कुनै पनि टिम विजयी भए इंग्ल्यान्ड र यो खेलमा बिजयी हुने टिममध्ये एक टिम गोल अन्तरका आधारमा अन्तिम १६ पुग्ने छ । इंग्ल्यान्डले चेकलाई हराए र यो खेलमा कुनै टिम बिजयी भए त्याे टिम र चेकमध्ये एक टिम गोल अन्तरका आधारमा अघि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *