डेनमार्कको शानदार कमब्याक, बेल्जियमसँगै नकआउट चरणमा

काठमाडाैँ । युरोकप अन्तर्गत समूह बी बाट बेल्जियम र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् । गएराती सम्पन्न यस समुहको समूह चरणको अन्तिम खेलमा डेनमार्कले रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै समुहमा दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेको हो ।

यसअघि २ खेलमा हार बेहोरेको डेनमार्कले युरोकपमा कमब्याक जित हासिल गर्दै नकआउट चरणमा पुगेको छ । अब डेनमार्कले नकआउट चरणमा वेल्सको सामना गर्ने छ । डेनमार्कको जितमा मिक्केल डाम्सगार्ड, युसुफ पोउलसेन, आन्द्रेज क्रिस्टेनसेन र जोआकिम माएहलेले एक एक गोल गरेका थिए । त्यस्तै रसियाका आरटेम डिजयुवाले एक गोल फर्काएका थिए ।

त्यस्तै समूह बी को अर्को खेलमा बेल्जियमले फिनल्याण्डलाउ २-० ले पराजित गरेर समुहका तिनै खेल जित्दै ९ अंकसहित समूहमा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमको जितमा रोमेलु लुकाकुले एक गोल गरेका थिए भने एक गोल फिनल्याण्डका लुकास ह्राडीकीले आत्मघाती गोल गरेका थिए ।

यस समूहमा अब फिनल्याण्ड ३ अंकसहित तेस्रो स्थानमा रहेको छ भने फिनल्याण्डको नकआउट चरणमा पुग्ने सम्भावना प्राविधिक रुपमा बाँकी रहेको छ । त्यस्तै यस समूहबाट रसिया भने बाहिरिएको छ । अहिलेसम्म रसियासहित टर्की र नर्थ मेसेडोनिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *