अस्ट्रिया अन्तिम १६ मा, नेदरल्याण्डको सहज जित

काठमाडौँ । युरो कपको समूह सी अन्तर्गतका खेलमा नेदरल्याण्ड र अस्ट्रियाले आ-आफ्ना खेलमा जित हात पारेका छन् । समूह सी अन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेदल्याण्डले उत्तरी म्यासेडोनियामाथि ३-० को सहज जित हात पार्‍यो ।

नेदरल्याण्डको जितमा मेम्फिस डिपाएले १ र कप्तान जर्जिन्हो विज्नाल्डमले २ गोल गरे । डिपाएले खेलको २४औँ र विज्नान्डमले ५१औ र ५८औँ मिनेटमा गोल गरेका हुन् । योसँगै शतप्रतिशत जितका साथ नेदरल्यान्ड ३ खेलबाट ९ अंक जोड्दै समूह सी को विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । अंकविहीन म्यासेडोनिया अन्तिम स्थानमा रह्यो ।

सोमबार राति नै रोमानियाको बुकारेस्टमा भएको खेलमा अप्ट्रियाल युक्रेनलाई १-० ले हरायो । अप्ट्रिया समूह सी को उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ । अस्ट्रियालाई जित दिलाउन खेलको २१औँ मिनेटमा किस्टोफ बाउमगार्टनरले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

अस्ट्रियाले २ जित र १ हारको नतिजा सहित ६ अंक जोड्दा तेस्रो स्थानमा रहेको युक्रेनले २ हार र १ जित सहित ३ अंक जोड्यो । समूह सी बाट नेदल्याण्डले भने अघिल्लो खेल खेल्दा नै अन्तिम १६ मा स्थान बनाइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *