अघिल्लो चरणको अपेक्षामा फिनल्यान्ड, रसिया र डेनमार्क

काठमाडौं । युरो २०२० को समूह ‘बी’मा सम्भवत: सबैभन्दा बढी दबाबमा डेनमार्क हुनेछ । यो समूहमा एक स्थानका लागि तीन टीमको सम्भावना रहेकोले यो भिडन्त रोचक हुनेछ ।

दुई खेलमा अंकविहीन बनेको डेनमार्कले आज रसियासँग खेल्दैछ । मध्यराती १२:४५ मा हुने खेलमा बेल्जियमबाहेक तीन टीमको लक्ष्य अघिल्लो चरणमा स्थान बनाउनु हुनेछ ।

डेनमार्कले अघिल्लो चरणको आशा कायम राख्ने हो भने रसियासँग हार्ने या बराबरी गर्ने छुट छैन, जित अनिवार्य हुनेछ ।

अझ डेनमार्कले आफूले जित निकालेर मात्र पुग्दैन समूहमा अपराजित बेल्जियमले पनि फिनल्यान्डलाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।

बेल्जियमले फिनल्यान्डलाई हराउन कठिन नहोला तर डेनमार्कलाई भने रसियाको डर त्योभन्दा बढी छ ।

रसिया पनि डेनमार्कलाई हराएर समुहको उपविजेताका रुपमा अघिल्लो चरण पुग्ने प्रयासमा हुने छ । फिनल्यान्डलाई पराजित गरेको रसियाको ३ अंक छ । त्यसैले उसले डेनमार्कलाई रोकेमात्र पनि अघिल्लो चरण सम्भावना बलियो हुनेछ । भलै फिनल्यान्डले बेल्जियमलाई हराएपनि उत्कृष्ट तेस्रो बन्ने सम्भावना भने हुनेछ नै ।

तथ्य तथ्याङ्क
डेनमार्कले ४३ सटमध्ये एक मात्र गोल गरेको छ । सोभियत युनियन पछि रसियासँग केवल एकपटक मात्र डेनमार्कले प्रतिस्पर्धा गरेको छ । २०१२ मा भएको खेलमा रसिया २-० ले विजयी भएको थियो ।

रसियाले समूह चरणको अन्तिम खेलमा २००८ को युरो यता जित हात पार्न सकेको छैन ।

डेनमार्कले समूह चरणमा आज पराजित भए तेस्रो पटक युरोपियन च्याम्पियनसिपमा जितविहीन हुनेछ । यसअघि १९८८ र २०० मा डेनमार्कले एक खेलमा पनि जित निकालेको थिएन ।

डेनमार्कले मुख्य प्रतियोगितामा प्रहार गरेका ४ मध्ये तीन पेनल्टी मिस गरेको छ । मार्टिन ब्रेथवेटले बेल्जियमसँग सातवटा सट प्रहार गरेपनि एकमात्र सट टार्गेटमा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *