आइएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपिओ निष्काशनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ ।

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउने जनाएको छ ।

कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अब कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा १८ हजारभन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमई बैंक, आइएमइ ग्रुपलगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहहरुको लगानी रहेको जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्राथमिक सेयर निष्काशनपछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *