थप ३१३० जना कोरोनामुक्त‚ २२९७ मा संक्रमण‚ ४६ को मृत्यु
२०७८ असार ७ गते

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ३ हजार १३० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भइसकेका छन् ।
नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ । त्यस्तै २४ घण्टायता २ हजार २९७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोराना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पिसिआर र ४ हजार ३२१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार जना र एन्टीजेटमार्फत ७१३ जना संक्रमित पुष्टि भएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको छ ।
२०७८ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित









