नेशनल माइक्रोफाइनान्सको लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता खरिद गर्न बाेलपत्र पेश गर्न सकिने छ । खरिद गर्न चाहेकाे अधिकतम शेयर कित्ताकाे कुनै हद नलाग्ने जनाइएको छ ।

संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले जेठ १६ गतेदेखि ३० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *