नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं । नेपालमा कोरोना भाइसको नयाँ भेरियन्ट फेला परेको छ ।

परीक्षण गर्दा पुष्टि भएका ४७ वटा डेल्टा भेरियन्ट नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेसन फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसलाई (एवाइ१) नाम दिइएको छ ।

मन्त्रालयले आज (सोमबार) विज्ञप्ति जारी गर्दै, वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट विभिन्न उमेर समूहका मानिसबाट सङ्कलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमूना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वएसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्ल्युएचओ आइडेन्टिफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक द इन्च्टीच्युट अफ जिनोमिक एन्ड इन्टिग्रेटिभ बायोलोजीमा सेक्वेन्सिङका लागि पठाइएको जनाएको छ ।

हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी देशहरुमा पुष्टि भइसकेको विज्ञप्तिमा उल्ललेख छ । यससँगै नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा, डेल्टा र भेरिअन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो भेरियन्ट सबै उमेर समूहका मानिसका लागि असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =