स्वीट्जरल्याण्डसँग हारेपछि टर्की बाहिरियो

काठमाडाैँ । टर्की युरोकपमा बाहिरिने पहिलो टिम बनेको छ । आइतबार राति सम्पन्न समुह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डसँग पराजित भएपछि टर्की युरोकपबाट बाहिरिएको हो ।

टर्की समूह चरणका तिनै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ । टर्कीले आफ्नो पहिलो खेल इटालीसँग खेलेको थियो । सो खेलमा इटाली ३-० ले विजयी भएको थियो । त्यस्तै दोस्रो खेलमा टर्की वेल्ससँग २-० गोल अन्तरले पराजित भएको थियो । त्यसैगरी तेस्रो तथा अन्तिम खेलमा टर्की स्वीट्जरल्याण्डसँग ३-१ ले पराजित भएको थियो ।

यस समूहमा इटालीले तिनै खेल जितेर ९ अंकसहित समुहमा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । वेल्स ४ अंकसहित दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ ।

स्वीट्जरल्याण्डपनि नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ । तर यसका लागि समूह चरणका खेलहरु सकिने समयसम्म पर्खिनु पर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *