इटाली समूह विजेता, वेल्स पनि नकआउट चरणमा

काठमाडाैँ । युरोकप अन्तर्गत इटालीले वेल्सलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा इटालीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितमा माटेओ पसिनाले खेलको ३९औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । त्यस्तै यस खेलमा खेलको ५५औँ मिनेटमा वेल्सक एथान अम्पाडुले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो खेलपछि इटाली समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ भने वेल्स समूह ए मा ३ खेलमा ४ अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *