अपराजित इटालीलाई वेल्सको चुनौती

काठमाडौं । आजबाट समूहचरणका अन्तिम खेल हुँदैछन् । जहाँ समूह एमा अघिल्लो चरण पुग्ने दोस्रो टीमको तय हुँदैछ । नेपाली समयअनुसार आज राती ९:४५ मा एकै पटक इटाली र वेल्स तथा स्विटजरल्यान्ड र टर्की भिड्दैछन् ।

इटालीको राजधानी रोममा हुने खेलमा सुरुवाती दुई खेल जितेको इटालीले दोस्रो चरणको यात्रा तय गरेको छ । लगातार लगातारको १० जित निकालेको इटाली, समूहमा अघिल्लो चरण पुग्न दाबेदार मानिएको वेल्ससँग भिड्दैछ । समग्रमा इटाली ३० खेलदेखि अपराजित छ । यता, वेल्सले पनि सुरुवाती दुई खेलबाट ४ अंक जोडेको छ ।

इटालीलाई वेल्सले हराए या बराबरी गरेमा अघिल्लो चरण प्रवेश गर्नै छ। स्विटजरल्यान्डविरुद्ध बराबरी खेलेको वेल्सले टर्कीलाई हराएको थियो । इटालीसँग पराजित भए र अर्को खेलमा स्विटजोरल्यान्ड विजयी भएपनि वेल्स उत्कृष्ट तेस्रो भएर अघिल्लो चरण प्रवेश गर्नेछ ।

युरोकपमा प्रत्येक ६ समूहमध्ये शीर्ष र दोस्रो स्थानमा रहने १२ टिममात्र नभएर तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा छनौट हुनेछन् ।

पहिलो र दोस्रो खेलमा खासै परिवर्तन नगरेका इटालीका प्रशिक्षक रोबर्टो म्यान्सिनीले टीम अघिल्लो चरण पुगेकाले थप खेलाडी परीक्षण गर्न सक्नेछन् । त्यस्तै वेल्सका प्रशिक्षक जितकै लागि मैदानमा उत्रने छन् । स्विटजमरल्यान्ड भने टर्कीलाई पराजित गर्दै उत्कृष्ट तेस्रो भएर अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ ।

तथ्य तथ्याङ्क
इटाली र वेल्सबिच मुख्य प्रतियोगिता (युरो/विश्वकप) मा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ । इटालीले समग्रमा खेलेका ९ मध्ये ७ खेलमा जित निकालेको छ ।

पछिल्लो पटक २००३ मा युरोपियन च्याम्पियनसिप छनौटमा इटालीले ४-० को जित निकालेको थियो ।

इटालीले पछिल्ला २९ खेलसम्म अपराजित यात्रा जारी राखेको छ । आज जितेमा उसले १९३५ देखि १९३९ सम्म लगातार ३० खेलसम्म राखेको सर्वाधिक लामो अपराजित यात्राको बराबरी गर्नेछ ।

९६५ मिनेटसम्म गोल नखाएको इटाली, उक्त अभियान जारी राख्ने ध्याउन्नमा हुनेछ ।

वेल्सले १५ प्रतिस्पर्धात्मक खेलमा केवल एकमा मात्र हार व्यहोरेको थियो । जुन विश्वकपको क्वाटरफाइनलमा वेल्जियमसँग ३-१ ले हारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =