जर्मनीद्वारा पाेर्चुगल पराजित

एजेन्सी । युरो २०२० मा  जर्मनीले साविक विजेता पोर्चुगललाई ४-२ ले हराएको छ । म्युनिखमा शनिबार राति भएको खेलमा  घरेलु टीम जर्मनीलाई जिताउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । पाेर्चुगलले दुईवटा आत्मघाती गाेल गरेको थियाे ।

जर्मन खेलाडीका प्रहार बचाउने क्रममा पोर्चुगलका डिफेन्डरहरु रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गर्न पुगेपछि जर्मनी विजयी भएको हो ।

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काएपनि टिमलाई जिताउन सकेनन् ।

खेलको पाँचौं मिनेटमा जर्मनीका रुबेनले गोल गरे पनि भीएआरमा अफसाइड देखिएका कारणले गोलले मान्यता पाएन ।

खेलको १५ औं मिनेटमारोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । जुन रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय र युराेकपमा १२ औं गोल हो । यसअघि नै युराेकपमा सबैभन्दा धेरै गाेल गर्ने खेलाडी बनेका राेनाल्डाेले त्याे कीर्तिमानमा सुधार गर्दै गाेलसँख्या १२ पुर्याएका छन् ।

खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्याे । ३९ औं मिनेटमा  पाेर्चुगलका राफायलले आत्मघाती गोल गरेपछि जर्मनी पहिलो हाफमा २-१ को अग्रता लिन सफल भयाे ।

खेलको ५१ औं मिनेटमा हाभर्टेजले  गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए भने  ६० औं मिनेटमा गोसेन्सले गोल गर्दै खेल ४-१ को अवस्थामा पुर्याए ।  ६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि खेलमा जीत वा बराबरीका लागि त्याे पर्याप्त रहेन ।

तालिकाकाे दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पाेर्चुगलकाे पनि दुई खेलबाट ३ अँक छ । ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *