स्पेनलाई लेवान्डोस्कीको डर

एजेन्सी । युरो २०२० अन्तर्गत समूह ई को खेलमा शनिबार राती १२:४५ मा स्पेन र पोल्यान्ड खेल्दैछन्। दुबै टीम पहिलो जितको खोजिमा रहँदा अघिल्लो चरणका लागि दुबैलाई हार्न नहुने दबाब हुनेछ।

सुरुवाती खेलमा स्लोभाकियासँग पराजित भएकाले पोल्यान्ड स्पेनसँग जीत चाहन्छ। स्पेन स्विडेनसँग अँक बाँड्न बाध्य भएको थियो। अधिकांश समय बल नियन्त्रणमा लिएर पनि गोल गर्न नसकेको भनेर उसलाई सुस्त शुरुवात गरेकोमा आलोचना भइरहेको छ ।

शनिबारको खेलमा स्पेनलाई जारी सिजन युरोपकै सर्वाधिक गोलकर्ता पोल्यान्डका रोबर्ट लेवान्डोस्कीको डर सर्वाधिक रहने छ। यद्धपि अघिल्लो खेलमा उनको जादु चलेको थिएन् ।

स्पेनले पहिलो खेलमा एतिहासिक ८५ प्रतिशत बल नियन्त्रणमा राखेको थियो।  विपक्षी विरुद्ध ९१७ पास मध्ये ८ सय ३० पासमा सफलता पाएको थियो। त्यसैले स्पेनको बल पोसेसन रोक्ने चुनौती पोल्यान्ड सामु हुने छ।

स्पेनका जोर्डी अल्बा, कोके, पेड्रीलगायत खेलाडीहरुले आजको खेलमा महत्वपूर्ण भूमिकामा हुनेछन्। त्यस्तै, कोरोनाका कारण पहिलो खेल गुमाएका कप्तान सर्जियो बुस्केट्स पनि अहिले कोरोनामुक्त भइसकेका छन्। उनी अभ्यासमा सहभागि भएकाले आज टीममा रहने सम्भावना प्रवल छ।

पहिलो खेलमा शुरुवाती ११ मा नपरेका मोरेनोलाई आज प्रशिक्षकले शुरुमै मैदान पठाउँछन कि पठाउँदैनन् भन्ने पनि चासोको विषय बनेको छ ।

स्पेनले पछिल्ला ६ खेलमध्ये ३ खेल बराबरी खेलेको छ। पोल्यान्डले भने ६ खेलमध्ये १ खेलमात्रै जितेको छ । उसले तीन खेल बराबरी खेलेको छ भने २ खेल हारेको छ।

तथ्य तथ्याङ्क

स्पेन आज जित निकाल्न असफल भए १९९६ पछि पहिलो पटक युरोकपका लगातार दुई खेलमा जित निकाल्न असफल हुने छ।

स्पेनले पोल्यान्ड विरुद्ध खेलेका अघिल्ला १० खेल मध्ये ८ खेलमा जित निकालेको छ।

यद्धपि मुख्य प्रतियोगितामा यि दुई बिच पहिलो भेट हो।

स्विडेन विरुद्ध ८५ प्रतिशत बल नियन्त्रणमा राखेको स्पेनको पहिलो रेकर्ड समेत हो।

स्पेन पछिल्ला तीन मध्ये २ खेलमा गोल गर्न असफल भएको छ।

युरोपियन च्याम्पियनसिपमा पोल्यान्डले १२ मध्ये केवल २ खेलमा मात्र जित निकालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *