बराबरीमा राेकियो फ्रान्स

युरो २०२० मा  फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ ।  शनिबार बेलुकी हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।

रोमान्चक खेलमा अग्रता भने घरेलु टिम हंगेरीले लिएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । खेल पकडमा राखेपनि फ्रान्सले दाेस्राे गाेल गर्न नसक्दा जीत भने हात पार्न सकेन ।

बराबरीसँगै फ्रान्स २ खेलमा ४ अंक  सहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *