म्युनिखमा जर्मनी-पोर्चुगल आमनसामने, कसको सम्भावना कति ?

एजेन्सी । साबिक च्याम्पियन पोर्चुगल बलियो जर्मनीविरुद्ध उसकै मैदानमा उत्रिँदा स्वाभाविक रुपमा धेरैको नजर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमा हुनेछ । यूरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले हंगेरीसँगको नाटकीय खेलमा अन्तिम केही मिनेटमा दुई गोल गर्दै टिमलाई सनसनीपूर्ण सुरुवात दिलाएकाले जर्मनीसँगको खेलमा उनीमाथि सबैको नजर पर्नु स्वाभाविक नै पनि हो ।

लगातार दुई जित निकाल्दै नकआउट पुग्ने लक्ष लिएको पोर्चुगलका लागि जर्मनीसँग उसैको मैदानमा जित निकाल्नु सहज पक्कै हुने छैन । खेल नेपाली समयानुसार राती ९:४५ मा म्युनिखको एलिनाज एरिनामा सुरु हुनेछ । फ्रान्ससँग पराजित भएकाले जर्मनीलाई आज जित्नैपर्नै दबाब हुनेछ ।

जर्मन प्रशिक्षक जोचिम लोका लागि पोर्चुगल नौलो प्रतिद्वन्द्वी होइन । कुनै समय जर्मनीको सहायक प्रशिक्षक रहेका उनले मुख्य प्रशिक्षक भएर जर्मनीलाई सम्हाल्न थालेको धेरै भइसक्यो । यो बीचमा ठूला प्रतियोगितामा पोर्चुगलसँग उनी पाँचौपटक आफ्नो टिमलाई खेलाउँदैछन् । जहाँ यूरो २००८ मा ३-२, यूरो २०१२ मा १-० र विश्वकप २०१४ मा ४-० ले पोर्चुगललाई जर्मनीले हराएको थियो । यो उसको आत्मविश्वास बढाउने एक कारण हो ।

तर पछिल्ला ६ खेलको नतिजा हेर्ने हो भने पोर्चुगलको लय राम्रो छ । उसले ६ मध्ये ४ खेल जितेको छ र २ खेल बराबरी गरेको छ । जर्मनीले भने ६ खेलमा ३ जित मात्र हासिल गरेको छ । २ खेल हार्दा १ खेल बराबरी खेलेको छ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोष दुबै टिम एकअर्कालाई हराउन सक्षम भएकाले संयमतापूर्वक मैदानमा उत्रनुपर्ने बताउँछन् । उनले जर्मनीसँग उसैको घरेलु मैदानमा पोर्चुगलले आफूलाई दाबेदार ठान्यो भने नतिजा विपक्षमा जानसक्ने भएकाले संयमता आवश्यक रहेको बताएका छन् ।

जर्मनीका प्रशिक्षक जोचिम लोले  पोर्चुगलको टिममा रोनाल्डो मात्र नभएर अन्य चार/पाँच उत्कृष्ट खेलाडी भएकाले सोहीअनुसार तयार हुनुपर्ने बताएका छन् । यद्यपि  टिमले आफ्नो लयअनुसार प्रदर्शन गरे कठिन भएपनि जित निकाल्न सकिने उनको विश्वास छ ।

तथ्य तथ्याङ्क
पोर्चुगलले जर्मनीलाई यूरोमा सन् २००० मा ३-० ले हराएको थियो । त्यसयताका चार भिडन्तमा भने जर्मनीले बाजी मारेको छ । जर्मनी र पोर्चुगलबीच यूरोपियन च्याम्पियनसिपमा यो पाँचौ भेट हो । जुन स्पेनसँग इटालि (६ पटक) भन्दा एक खेल मात्रै कम हो ।

पोर्चुगलले समग्रमा खेलेका पछिल्ला ३० खेलमा केवल २ खेलमा मात्र हारेको छ । २०१७ पछि लगातार तीन खेलमा गोल नखाइ जित निकाल्ने उसको ध्यान हुने छ । जर्मनी मुख्य प्रतियोगिताको समूह चरणमा ४ मध्ये ३ खेलमा पराजित भएको छ । जुन पछिल्ला २४ समूह चरणका खेलमा सर्वाधिक हो । जतिबेला उसले १६ खेलमा जित निकालेको थियो भने ५ खेल बराबरी खेलेको थियो ।

जर्मनीले समूह चरणमा २००० को युरोमा इंग्ल्यान्ड र पोर्चुगलसँग लगातार दुई खेलमा पराजित भएको थियो । त्यसयता पुन: लगातार दुई खेलमा पराजित भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *