जासुस रवीन्द्रको बायोपिकमा सलमान खान

एजेन्सी । भारतीय अभिनेता सलमान खान पहिलो पटक बायोपिक चलचित्रमा देखिँदैछन् । उनले निर्देशक राजकुमार गुप्ताको नयाँ चलचित्र ‘ब्ल्याक टाइगर’का रूपमा चर्चित भारतीय जासुस रवीन्द्र कौशिकको भूमिकामा अभिनय गर्ने भएका हुन् ।

यो चलचित्रको कथालाई भारतीय इतिहासको अविश्वसनीय तर सत्य कथा भनिएको छ । सलमानले साजिद नाडियाडवालाको चलचित्रको काम पूरा गरेपछि यो चलचित्रमा व्यस्त हुने बताइएको छ । निर्देशक राजकुमारले विगत पाँच वर्षयता रवीन्द्रको बारेमा अध्ययन गरिरहेको बुझिएको छ । रवीन्द्र भारतमा हालसम्मकै राम्रो जासुसका रूपमा चिनिन्छन् ।

सलमान खानलाई नै चलचित्रमा सुहाउने भएकाले उनलाई अफर गरिएको निर्देशक राजकुमारले बताएका छन् भने यो प्रोजेक्टलाई लिएर सलमान उत्सुक छन् । राजकुमारको टिमले रवीन्द्रको ७० देखि ८० को दशकको समयलाई पर्दामा ल्याउनका लागि अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *