एक जोडी, जसले १२३ दिनसम्म हतकडी लगाएर बसे अनि कुरा मिलेन भनेर छुट्टिए

काठमाडौं । प्रमी—प्रेमिकाले आकाशको तारा र जून झारिदिने बाचा गरेको त सुनेकै हो । एक अर्काका नाम मुटुमै लेख्ने वा जन्म जन्मसम्म सँगै हुन पाउँ भन्ने गरेको कुरा पनि नौलो रहेन । एक अर्कालाई बुझ्न सहज हुन्छ भनेर पछिल्लो समय प्रेम विवाह बढ्दै पनि गएको छ ।

यहि मेसोमा युक्रेनका एक जोडीले एक अर्कालाई बुझ्न अचम्मको प्रयोग गरेका छन् ।

अलेक्जेन्डर कुडले र भिक्टोरिया पुस्तोभितोभाले एक अर्कालाई कतिसम्म साथ दिन सकिने रहेछ वा हाम्रो कुरा कतिको मिल्दो रहेछ भन्ने परीक्षणका लागि १२३ दिनसम्म दुवै जनाका हातमा हतकडी लगाउने प्रयोग गरेका छन् । जसले रेकर्ड पनि बनाएको छ ।

युक्रेनको खार्कोभ शहरमा बस्ने यो जोडीले गएको फ्रेबुअरी—१४ अर्थात् भ्यालेनटाइन डे को दिन एक/एक हातमा हतकडी लगाउने निर्णय गरे । १२३ दिनसम्म उनीहरुले कुनै पनि समय हतकडी खोलेनन् । हरेक दिन २४ घण्टा हत्कडी लगाएरै बसे । सँगै हतकडी लगाएर आफूहरुले प्रेमको परीक्षा दिएको उनीहरु बताउँथे । कति समय सँगै र एक अर्काको परिपूरक भएर बस्न सकिँदो रहेछ भन्ने परीक्षाको लागि पनि आफूहरुले यसो गरेको उनीहरुले बताएका थिए ।

अब भने उनीहरुको यो परीक्षा पनि सकिएको छ । यी प्रेमिल जोडीले १२३ दिनपछि हातबाट हत्कडी खोलेका छन् । यूक्रेनको इतिहासमा यो सबैभन्दा धेरै समय हतकडी लगाएको घटना भएको छ ।

तर यति लामो समय सँगै हत्कडी लगाएर बसेका उनीहरु अब भने एक अर्कासँग अलग्गिने भएका छन् । यो जोडीले अब भने एक अर्कासँग अलग्गिने र प्रेम सम्बन्ध पनि अन्त्य गर्ने निर्णय गरेका छन् । आफूहरु सँगै बस्दा एक अर्कासँग विचार नमिल्ने कुरा थाहा भएपछि छुट्टिने निर्णय गरेको उनिहरुको भनाइ छ । कुडले भने— ‘हामी यसरी बाधिनुपूर्व एक अर्कालाई राम्रोसँग चिन्न र बुझ्न पाएका थिएनौँ । जब हामी बाँधियौ हामीलाई थाहा भयो र यो महसुस गयौँ कि हाम्रो जीवनको दृष्टिकोण फरक छ । त्यसैले आफूलाई हानी पुर्याउनुभन्दा हामी अलग्गिने निर्णय गर्यौँ ।’

यो जोडीले आफूले लगाएको हत्कडी भने लिलामी गर्ने निर्णय गरेका छन् । उक्त सिक्रीको मुल्य १ लाख १० हजार अमेरिकी डलर अर्थात् झण्डै डेढ करोड रुपैयाँ बराबर राखिने बताइएको छ ।

 

View this post on Instagram

 

A post shared by @sashaplusvika

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *