टेस्ट च्याम्पियनसिपमा वर्षा बाधक हुने खतरा, यस्तो हुनेछ पाँच दिनको मौसम

काठमाडौं । भारत र न्युजिल्यान्डबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा वर्षा बाधक हुने खतरा बढेको छ । टेस्टको पहिलो दिन वर्षाका कारण खेल अबरुद्ध भएको छ भने वर्षाको खतरा अझै टरिसकेको छैन ।
२३ जुनको रिजर्व डे मिलाएर अब बाँकी रहेका ५ दिनमा लगभग ३ दिन पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । जसमा २०, २१, २२ जुन को दिन पानी धेरै पर्ने सम्भावना छ ।
विश्व वेदर अनलाईनको रिपोर्टअनुसार सोमबार र मंगलबार ९० प्रतिशत वर्षाको सम्भावना छ । यो दुई दिनमा वर्षाले खेल प्रभावित पार्न सक्ने छ । यद्यपि रिजर्व डेको दिन भने मौसम सफा रहने सम्भावना छ ।
खेल हुने हरेक दिनको मौसम रिपोर्ट
१९ जुन
शनिबार (आज) ६० देखी ८० प्रतिशत वर्षाको सम्भावना छ। यसका साथ ८६ प्रतिशत धुम्मिने सम्भावना छ । पहिलो दिन वर्षा भएका कारण मैदान गिलो भएकाले टस जित्ने टीमले बलिङ्ग रोज्ने सम्भावना रहन्छ । खेलका बेला बादल लाग्ने सम्भावना भएकाले बलरलाई सहयोग मिल्ने सम्भावना रहन्छ । यद्यपि दिउँसो ३ बजेदेखि राति १२ बजेसम्म वर्षाको सम्भावना अधिक छ । जुन खेलको समय पनि हो ।
२० जून
आइतबार वर्षाका साथमा घाम पनि लाग्ने सम्भावना छ । यो दिन पनि पानी पर्ने सम्भावना ६० देखि देखी ८० प्रतिशत छ । यद्धपि पानी पर्ने समय र खेलको समय फरक पर्न सक्ने छ । राति १२ बजेदेखि बिहान ९ बजेसम्म पानी पर्नसक्ने छ । दिउँसो भने घाम लाग्न सक्ने छ । यस्तोमा ७० प्रतिशत बदलि हुने पूर्वानुमान गरिएको छ । यस्तो भए खेलको तीन सत्र भने सम्भव हुने छ । यदि २० जुनमा खेल भएमा स्विङ बलर हाबी हुने सम्भावना रहन्छ ।
२१ जुन
सोमबार वर्षाका कारण खेल नहुने सम्भावना प्रबल छ । यो दिन ८० देखि ९० प्रतिशत पानी पर्ने आकलन गरिएको छ । ९९ प्रतिशत बदली हुने सम्भावना छ। राति तीन बजेदेखि सुरु भएर पानी दिनभर पर्नसक्ने सम्भावना उच्च छ । यस्तोमा १२ बजेदेखि ९ बजेसम्म सर्वाधिक वर्षा हुने छ । यो समयमा २.३ देखी २.५ मिलिलिटर पानी पर्ने आकलन गरिएको छ। पहिलो र दोस्रो सेशन वर्षाले प्रभावित गर्ने पक्का छ ।
२२ जुन
मंगलबार पनि केही सत्र पानीका कारण प्रभावित गर्नै पक्काजस्तै छ । यो दिनपनि ८० देखि ९० प्रतिशत वर्षाको सम्भावना छ । यसको साथमा ७३ प्रतिशत मौसम बद्लि रहने छ। मंगलबारको ३.२० मिलिलिटर वर्षा हुने छ । यस्तोमा खेल हुन मुस्किल रहनेछ । यसका साथमा २७ कि.मि का दरले हावा पनि लाग्ने खतरा रहेको छ । जसले गर्दा रिजर्व डे मा खेल जाने निश्चितजस्तै छ । यद्यपि वर्षाको सम्भावना हेर्दा रिजर्व डे पनि कम हुने संभावना छ ।
२३ जुन (रिजर्व डे)
२३ जुनमा वर्षाको सम्भावना ५० प्रतिशत छ । यो दिन ५० प्रतिशत मौसम बदली हुने छ। यो दिन घाम लाग्ने सम्भावना पनि छ। यो दिन तीन सत्रको खेल कुनै रोकावट बिना हुने अनुमान छ । यद्यपि यो दिन १७ किलोमिटर प्रतिघण्टाका दरले हावा चल्ने आकलन गरिएको छ ।








