लुम्बिनी प्रदेशले दर्ता गरेको विधेयकप्रति ७ पत्रकार संगठनको विरोध

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकारका विभिन्न छाता सगंठनले सयुक्त रुपमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विधेयकप्रति नेपाल प्रेस काउन्सिल तथा नेपाल पेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस मञ्च, प्रगतिशील पत्रकार र क्रान्तिकारी पत्रकार महासंघलगायतले विरोध जनाएका हुन् ।

लुम्बिनी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेकाले उक्त विधेयकप्रति सात पत्रकारको छाता संगठंनले विरोध जनाएका हुन् ।

प्रदेश सरकारले दर्ता गराएको विधेयकमा सञ्चारमाध्यमको प्रकाशन प्रशारणमा रोक लगाउने, आचांरसहिता उल्लघंनमा कारबाही गर्नै, सञ्चारकर्मीलाई रजिष्ट्रारले कैद र जरिवाना गर्न सक्नेजस्ता प्रावधानसहित प्रदेशको आन्तरिक मामिला तथा मन्त्रालयद्धारा उक्त विधेयक दर्ता भएकोप्रति उक्तविधेयकमा प्रस्वातवित प्रेस स्वतन्त्रताविरोधी अन्तराष्ट्रिय मान्यताप्रतिकूलको प्रावधानप्रति महासघंले असहमति जनाएका छन् ।

प्रस्तावित विधेयक सरोकारवालासगँ पर्याप्त छलफल नगरी ल्याइएको भन्दै यसअघि भएका छलफल तथा दिएका सुझाव पनि समावेश नभएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । साथै यो विधेयकलाई प्रदेश सभामा अघि बढाउनुको साटो सरकारले फिर्ता लिएर पुनःलेखनको वातावरण निर्माण गर्नै पनि माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *