उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

काठमाडौँ । कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्को उपाधि दावेदार उरुग्वेलाई १-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जारी कोपाको दोस्रो खेलमा अर्जेन्टिनाको पहिलो जित हो । अर्जेन्टिना यसअघि खेलेको पहिलो खेलमा चिलीसँग ११ को बराबरीमा रोकिएको थियो । उरुग्वेले भने पहिलो खेल खेलेको हो ।

जितपछि अर्जेन्टिना दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *