युरोकपमा आज तीन खेलः को-को खेल्दैछन् ?

काठमाडाैँ । युरो २०२० मा आज (शनिबार) तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा फ्रान्स र हंगेरी खेल्दैछन् । समूह एफ को यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा फ्रान्सले जर्मनीलाई हराएको फ्रान्स लगातार दोस्रो जित निकाल्ने दाउमा छ । हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । हंगेरी पोर्चुगलसँग पराजित भएको थियो ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी खेल्नेछन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित जरुरी छ ।

आजको तेस्रो खेलमा स्पेन र पोल्याण्ड खेल्दैछन् । खेल राति १२ः४५ बजे सुरु हुनेछ । स्पेन पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा स्विडेनसँग बराबरी खेलेको स्पेन आज जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *