स्कटल्यान्ड र इङ्ल्याण्डको गोलरहित बराबरी

काठमाडाैँ । युरोपेली च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्ड र इङ्ल्याण्डको खेल गोलरहित बराबरीमा टुंगिएको छ । समूह डी अन्तर्गत शुक्रबार भएको स्कटल्यान्ड र इङ्ल्याण्डले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा इङ्ल्याण्डले स्कटल्याण्डमाथि निकै दबाब बनाएर पनि जित कुनै गोल गर्न भने सकेन । स्कटल्याण्डले पनि केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । पहिलो खेलमा क्रोएसियासँग जित निकालेको इङ्ल्याण्ड कमजोर मानिएको स्कटल्याण्डसँग बराबरी खेलेको हो ।

यो बराबरीपछि इङल्याण्डको २ खेलमा ४ अंक भएको छ । अब इङल्याण्डले आफ्नो अन्तिम खेल चेक रिपब्लिकसँग खेल्ने छ ।

त्यस्तै स्कटल्याण्डको भने २ खेलमा एक अंक रहेको छ । समुह डी मा पहिलो खेलमा इङल्याण्डसँग हर बेहोरेको क्रोसियाको २ खेलमा केवल १ अंक रहेको छ ।

अब अन्तिम खेलमा स्कटल्याण्डलाई पराजित गर्नै पर्ने बाध्यात्मक अवस्थामा क्रोसिया पुगेको छ । त्यस्तै चेक रिपब्लिक भने २ खेलमा ४ अंक बटुल्दै नकआउट चरणको नजिक पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *