चेक रिपब्लिक र क्राेएसियाकाे खेल बराबरी

युरो २०२०मा  क्रोएसिया र  चेक रिपब्लिकले १-१ गोलको बराबरी खेलेका छन् ।  शुक्रबार रातिको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले लिएकाे थियाे । ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए ।

क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि चेक रिपब्लिकले पेनाल्टीको पाएको थियो ।

खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए ।

बराबरीसँगै चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *