मेलम्ची खोलामा फेरि बाढी

काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढी आएको छ । अस्तिकाे बाढी कम भएपनि शुक्रबार बेलुका साढे ८ बजेतिरबा६ खाेलाकाे बहाब बढेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । स्थानीय शिव चालिसेले अस्ति असार १ गतेको बाढीभन्दा पनि ठूलाे बाढी आएको बताए ।

प्रहरीले खाेला आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

बाढी बढेकाले दाेलालघाट क्षेत्रमा पनि त्रास बढेको छ । खाेलामा लेदाेसहितकाे बाढी आएको स्थानीयबासिन्दाले जनाएका छन् ।

 बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बाढीले नदीकाे सतह पार गरेको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भोटेकोशी नदीको बाढीले खतराको तह पार गरेको संकेत गर्दै सर्तक रहन आग्रह गरेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *