तामाकोशीमा बाढी आउन सक्ने, सतर्क रहन दोलखा प्रशासनको आग्रह
२०७८ असार ४ गते

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनैपनि बेला तामाकोशी नदीमा बाढी आउन सक्ने भएकाले सतर्क रहन नदी आसपासका नागरिकलाई आग्ह गरेको छ ।
शुक्रबार राती पौने १० बजे विज्ञप्ति निकाल्दै कार्यालयले नेपालसँगको चीनिया सिमा क्षेत्रमा ठुलो पानी परि नदीकाे बहाब राेकिएकाे सूचना प्राप्त भएकाले कुनै पनि बेला तामाकोशी नदीमा बाढी आउन सक्ने भएकाले नेपाल चीन सीमा क्षेत्र र तामाकाेशीकाे तटीय क्षेत्रमा कुनै संकेत देखिनासाथ सुरक्षित स्थलतर्फ जान र प्रशासन कार्यालयलाई जानकारी गराउन आग्रह गरेको हो ।

२०७८ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित









