विलियम्सनलाई उछिन्दै स्मिथ शीर्ष स्थानमा

एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ न्युजिल्याण्डका कप्तान केन विलियम्सनलाई पछि पार्दै शीर्ष स्थानमा पुग्न सफल भएका हुन् । यसअघि स्मिथ दोस्रो स्थानमा थिए । विलियम्सन दाेस्राे स्थानमा झरेका छन् ।
अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो, भारतका कप्तान विराट कोहली चौंथो र इंग्ल्यान्डका जोय रुट पाँचौं स्थानमा छन् ।
बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।
भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो, अष्ट्रेलियाका जोस हाजलउड चौंथो र न्युजिल्याण्ड निल वाग्नेर पाचौँ स्थानमा छन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । भारतका रबिन्द्र जडेजा दोस्रो र इंग्ल्यान्डका बेन स्टोक्स तेस्रो स्थानमा रहेका छन् ।
भारतका रविचन्द्र आश्विन चौंथो र बंगलादेशका शाकिब अल हसन पाँचौ स्थानमा रहेको आईसीसीले जनाएको छ ।








