स्विडेनको पहिलो जित

स्विडेनले युरो २०२० मा पहिलो जित हात पारेको छ । शुक्रबारकाे खेलमा स्लोभाकियालाई १-० ले पराजित गर्दै स्विडेनले पहिलो जित हात पारेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले गोल गरे । उनले खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो ।

यस जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ ।

Image

स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्लोभाकियाले पहिलो खेलमा पोल्याण्डलाई २–१ ले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *