४३ वर्षमा पनि सक्रिय फुटबल खेल्दै बुफोन

इटालीका लिजेन्ड गोलरक्षक जियानलुजी बुफोन ४३ वर्षको उमेरमा पनि सक्रिय फुटबल खेलिरहेका छन् । यही क्रममा उनले आफ्नो पूर्वक्लब पार्मामा २० वर्षपछि फर्किने निर्णय गरेका छन् ।
गतसिजन सिरी ‘ए’ बाट रेलिगेसनमा परेको पार्मासँग दुई वर्षको सम्झौता गर्दै बूफोन लामो समयपछि पुरानो क्लब फर्किएका छन् । सम्भवतः उनले अब आफ्नो पुरानो क्लबबाट नै फुटबलबाट बिदा लिने छन् ।
सिरी ए मा कीर्तिमानि ६५६ खेल खेलेका बुफोनले गत सिजन युभेन्ट्स छाडेका थिए । उनले गत सिजन युभेन्ट्सका लागि १४ खेल खेलेका थिए । बुफोनले सन् १९९५ मा १७ वर्षको उमेरमा पार्माबाट क्लब फुटबल करिअर शुरु गरेका थिए ।
पार्मामा ६ वर्ष बिताएपछि उनी तत्कालीन कीर्तिमानी मुय २३.३ मिलियन पाउन्डमा २००१ मा युभेन्ट्समा अनुबन्ध भएका थिए । युभेन्टसमा उनले करिब १८ वर्ष बिताए । २०१८ सम्म निरन्तर यभेन्टसमा रहेका उनी तत्कालीन समयको कीर्तिमानी मूल्य २३.३ मिलयन पाउन्डमा युभेन्टसमा अनुबन्धन भएका थिए । २०१८ देखि २०१९ मा पिएसजीमा रहेका उनले क्लबलाई फ्रेन्च लिग वानको उपाधि जिताएका थिए । त्यसपछि उनी पुन युभेन्टस फर्किए ।
उनलाई अनुबन्धन गरेपछि पार्माका अध्यक्ष काल क्रउसले २० वर्षपछि बुफोनलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले क्लब र बुफोन दुवैका लागि विशेष क्षण भएको बताए । इटालीका लिजेन्ड बुफोनले २००६ को विश्वकप जित्दा गोलरक्षकको भुमिका निभाएका थिए । उनले राष्ट्रिय टीमबाट १७६ क्याप जितेका छन् । उनले १९९७ देखि २०१८ सम्म इटालीको राष्ट्रिय टीमबाट खेलेका थिए ।








