चलचित्रकर्मी विपद् व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी

काठमाडौं । चलचित्र विकास बोर्डले हालै गठन गरेको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार सङ्घ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार सङ्घ,बेलायत शाखाले ५५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

बिहीबार विकास बोर्डको कार्यालयमा आयोजित एक समारोहमा कलाकार सङ्घको तर्फबाट नगद ३० हजार रुपैयाँ तथा बेलायत शाखाबाट २५ हजार रुपैयाँ बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिएको हो ।

कलाकार सङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र खडका तथा बेलायत शाखाका उपाध्यक्ष सुरेशराज पाठकले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

विपद् व्यवस्थापन कोषलाई सञ्चारकर्मी स्वतन्त्र महर्जनले पाँच हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् भने मोहन निरौलाले दश हजार पाँच सय रुपैयाँ प्रदान गरिसकेका छन् ।

कोषलाई रकम हस्तान्तरण गर्ने कार्यक्रममा सङ्घका अध्यक्ष रवीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, कोषाध्यक्ष सुनिल कटवाल, सङ्घका कार्यकारिणी सदस्यहरू उद्धव भट्टराई, रामेश्वर बुर्लाकोटी, राजेश महर्जन, बेलायत शाखाका उपाध्यक्ष सुरेश राज पाठकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *