‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिता हुँदै

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा ‘म केही गर्छु’ शीर्षकमा लघु चलचित्र प्रतियोगिता आयोजना हुने भएको छ । लकडाउनका कारण घरमै रहेका युवाहरूको समय सदुपयोग हुने अपेक्षासहित आयोजकले यो प्रतियोगिताको घोषणा गरेको हो ।

प्रतियोगितामा इच्छुक चलचित्रकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैङ्गिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको चलचित्र बनाउनुपर्नेछ ।

‘प्रोडक्टिभ इङ्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवर्द्धन’ गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा हरेक उमेरका नेपालीले सहभागिता जनाउन सक्नेछन् ।’ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *