मुख्यमन्त्री पोखरेलले प्राप्त गरे विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । शुक्रवार (आज)को प्रदेश सभा बैठकबाट विश्वासको मत माग्दा उनको पक्षमा ३१ प्राप्त गरे । गण्डकीका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

५९ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्थ्यो । तर, मुख्यमन्त्री पोखरेलले ३१ मत प्राप्त गरे । प्रदेश सभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्र १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ र एक स्वतन्त्र सांसद मनाङ्गे छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनी गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *